𝓣𝓪𝓵𝓮𝓷𝓽 𝓗𝓾𝓷𝓽 (प्रतिभाको खोजी) सम्बन्धी सुचना
𝓣𝓪𝓵𝓮𝓷𝓽 𝓗𝓾𝓷𝓽 (प्रतिभाको खोजी) सम्बन्धी सुचना प्रथम पटक प्रकाशित मिति: २०७९/०२/१८ प्रदेश खेलकुद परिषद गण्डकीको आर्थिक वर्ष ०७८/०७९ को स्विकृत वार्षिक कार्यक्रमम...
𝓣𝓪𝓵𝓮𝓷𝓽 𝓗𝓾𝓷𝓽 (प्रतिभाको खोजी) सम्बन्धी सुचना
प्रथम पटक प्रकाशित मिति: २०७९/०२/१८
प्रदेश खेलकुद परिषद गण्डकीको आर्थिक वर्ष ०७८/०७९ को स्विकृत वार्षिक कार्यक्रममा समावेश आवासीय सुविधा सहित केही युवा खेलाडीहरुलाई Talent Hunt (प्रतिभाको खोजी गरी निरन्तर प्रशिक्षण दिने कार्यक्रम अन्तर्गत एथलेटिक्स खेलको १८ वर्ष भन्दा मुनिका गण्डकी प्रदेश भित्रका पुरुष खेलाडीहरु तथा सोही कार्यक्रम अन्तर्गत नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि समेत मध्यम तथा लामो दुरिका सिनियर प्रतिभावान पुरुष खेलाडीहरुको प्रारम्भिक छनौट तथा विशेष बन्द प्रशिक्षण तालिम संचालन गरिने भएकोले निम्न लिखित तालिका अनुसारको छनौट कार्यक्रममा सम्बन्धित सबै सरोकारहरुलाई सहभागिताको लागि यो सुचना प्रकाशित गरिएको छ । खेलाडी सख्या दुवै समुह गरी जम्मा ४० ( चालिस) जना छनौट गरिनेछ ।
तपसिल
छनौट मितिः २०७९ जेठ २८ गते शनिवार
स्थानः पोखरा रंगशाला
समयः विहान ७ बजे,
नाम दर्ता मिति: २०७९/ २/२७ गते दिउसो ४ः०० बजे सम्म ।
स्थान प्रदेश खेलकुद परिषद, गण्डकी प्रदेशको कार्यालय, पोखरा रंगशाला
विशेष बन्द प्रशिक्षण
मिति २०७९/०२/२८ देखि २०७९/०३/०६ सम्म
विस्तन जानकारीको लागि सम्पर्क
९८५६०३८८३९
९८५६०२२७०७
९८४६०८८६५०