Official Notice

प्रदेश खेलकुद परिषदको पहलमा खेलकुद क्षेत्रको विकास, विस्तार र सम्बर्द्धनमा भुमिका...

Provincial Sports Council

प्रदेश खेलकुद परिषदको पहलमा खेलकुद क्षेत्रको विकास, विस्तार र सम्बर्द्धनमा भुमिका खेल्ने सरोकारवाला निकाय, खेल संघ, प्रतियोगिता आयोजक संस्था, पत्रकारहरु संगको छ...

प्रदेश खेलकुद परिषदको पहलमा खेलकुद क्षेत्रको विकास, विस्तार र सम्बर्द्धनमा भुमिका खेल्ने सरोकारवाला निकाय, खेल संघ, प्रतियोगिता आयोजक संस्था, पत्रकारहरु संगको छलफल तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिवको १०० दिन पुरा भएको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भएका निर्णयहरु तपसिल अनुसार रहेका छन ।

रेफ्री, प्रशिक्षक. एम्पायर, खेल प्रतियोगिता लगायत क्षेत्रमा नियमन गर्न तपसिल अनुसारको निर्णय गरियो ।

१) आ.ब. 079/080 मा भए गरेका कार्य प्रगतीको समिक्षा गरियो ।

२) आ.ब. 080/081 को लागि स्विकृत बिकास कार्यक्रमको जानकारी र सुझाव संकलन गर्नको लागि जिल्लागत रुपमा ७(सात) दिनको सुचना प्रवाह गर्ने ।

३) चालु आ.ब. मा शुरुवात गरेका काम कारवाहीको जानकारी प्राप्त भयो ।

४) सुचिकृत भएका रेफ्री/एम्पायर/प्रशिक्षक/प्राविधिकहरुबाट निवेदन दर्ता शुल्क बापत जिल्ला खेलकुद विकास समितिहरुमा प्रतिव्यक्ति रु १०००।-(एक हजार) का दरले उठेको शुल्क खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने ।

५) प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समितिहरुले खेल संघ दर्ता गर्दा उठेको शुल्क खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने ।

६) प्रदेश खेलकुद परिषद र जिल्ला खेलकुद विकास समिति वा संघिय सरकार/प्रदेश सरकारको अनुदानमा आयोजना हुने तथा अन्य कुनै श्रोतबाट प्रदेश/जिल्ला तहमा आयोजना हुने प्रतियोगिता संचालन पूर्व प्रदेश खेलकुद परिषदबाट स्विकृती/सहमती लिएर संचालन नगर्ने प्रतियोगितामा खेल संघले कुनै टिम, रेफ्री, एम्पायर उपलब्ध नगराउने, रेफ्री समेत नजाने ।

७) प्रदेश/जिल्ला स्तरमा संचालन/आयोजना हुने प्रतियोगिता प्रदेश खेलकुद परिषदमा सुचिकृत भएका रेफ्री, एम्पायर, प्रशिक्षकले मात्र खेल र प्रशिक्षण संचालन गर्न पाउने ।

८) सुचिक्रित नभएका रेफ्री, एम्पायर, प्रशिक्षकहरलाई सबै प्रकारका प्रतियोगिता र प्रशिक्षणमा रोक लगाउने ।

९) प्रदेश खेलकुद परिषदले प्रकाशन गर्ने स्मारीकामा खेलकुद संग सम्बन्धित लेख रचना उपलब्ध गराउन अनुरोध गर्ने ।